मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त, कसलाई कहाँ सरुवा गरियो ?


६ कार्तिक २०७४, सोमबार
lokdarsan regmi

काठमाडौं : सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त  गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोकबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

lokdarsan regmi
मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् ।  रेग्मी २०७० साउनमा सचिवमा बढुवा भएको थियो ।  तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान राजीनामा दिएर हिँडेपछि क्षेत्री २९ असारमा मुख्य सचिव बनेका थिए । ५८ वर्षे उमेर हदका कारण उनले कात्तिक ७ गते  अनिवार्य अवकाश पाउँदै छन् ।
त्यस्तै सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृह सचिवको जिम्मेवारी दिइएको छ । भने शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।
यसैगरी बैठकले ङइन्द्रप्रसाद उपाध्याय लोक सेवा आयोग, मधुप्रसाद रेग्मी शिक्षा, मोहन कृष्ण सापकोटा गृह, रेश्मीराज पोण्डे सामान्य प्रशासन, युवकध्वज जिसी वन र प्रकाश माथेमालाई पशुपक्षी मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ ।   विष्णु ओम बाँडेलाई सह–सचिवबाट सचिवमा बढुवा गरिएको छ भने शिक्षा सचिव शेषनाथ अधिकारी र भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्द पोखरेलको राजीनामा बैठकले स्वीकृत गरिएको छ ।
बैठकले भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा पूर्व अर्थसचिव युवराज भुसाललाई तत्कालका लागि जिम्मेवारी दिएको छ । बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकस्थित भूकम्पपीडितका लागि ‘गिरानचौर एकीकृत नमूना’ बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लिखित पारितमा लाग्ने रजिस्टर दस्तुर छुट दिने व्यवस्था पनि स्वीकृत गरेको छ ।
नेपाल सरकार र युरोपियन युनियनबीच निर्वाचनको परिवेक्षणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निणयसमेत बैठकले गरेको छ । लाइभ स्टक्स सेक्टर इनोभेसन प्रोजेक्टका लागि विश्व बैंकबाट ८० मिलियन डलर ऋण सहायता लिने सम्झौतासम्बन्धी वार्ताका लागि टोली गठन गर्ने अख्तियारी दिने निर्णय बैठकले गरेको जनाएको छ ।
त्यस्तै “चिकित्सा शिक्षा अध्यादेशका बारेमा सहमति भएको छ, छलफल गरेर निर्णयमा पुग्न बाँकी छ, अर्कोपटकमा यसबारेमा निर्णय हुन्छ”, प्रवक्ता बस्नेतले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७