फ्रान्सेली दङ्गामा सात सयभन्दा बढीलाई जेल सजाय


४ श्रावण २०८०, बिहीबार
France Demonstrations continued for the fourth day1688223035

काठमाडौं । फ्रान्समा गत महिनाको अन्त्यमा भएका दङ्गामा सात सयभन्दा बढीलाई जेल सजाय सुनाइएको छ ।
मुद्दाहरूको द्रुत गतिमा सुनुवाइ भएकामा अदालतको प्रशंसा गर्दै फ्रान्सेली न्यायमन्त्रीले त्यसबाट केही प्रतिवादी वकिलहरूलाई चिन्तामा पारेको बताएका छन् ।

बुधबारसम्म एक हजार दुई सय ७८ निर्णय सुनाइएकामा ९५ प्रतिशतभन्दा बढी प्रतिवादीहरू तोडफोड, चोरी, आगजनी वा प्रहरी अधिकारीहरूलाई आक्रमण गर्ने अभियोगमा दोषी ठहरिएका जानकारी उनले आरटीएल रेडियोलाई दिएका छन् ।

न्यायमन्त्री एरिक डुपोन्ड मोरेट्टीका अनुसार करिब छ सय जनालाई पहिले नै जेल पठाइएको छ । देशमा शान्तिसुव्यवस्था कायम गर्न त्यसो गर्नुको विकल्प थिएन । सन् २००५ पछि फ्रान्समा यति विशाल हुलदङ्गा एवम् हिंसात्मक झडप भएका थिएनन् ।

गत जुन २७ मा एक जना प्रहरी अधिकारीले १७ वर्षका फ्रान्सेली–अल्जेरियन किशोरलाई गोली हानेपछि देशभर हिंसा भड्किएको थियो । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच चार दिन चार रात गम्भीर झडपपछि स्थिति नियन्त्रणमा आएको थियो । त्यसका लागि ४५ हजार सुरक्षाकर्मी सशस्त्र सवारी साधनका साथ परिचालन भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७