तस्करीको थप सुन विमानस्थलभित्रै रहेको आशंका, राजस्वको टोली एयरपोर्ट भन्सारमा


४ श्रावण २०८०, बिहीबार
airport

काठमाडौँ । त्रिभुवन विमानस्थल बाहिर निकालिएको अवस्थामा बुधबार एक सय किलो सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागको टोलीले सक्रियता बढाएको छ । विभागले तस्करीको सुन खोज्नका लागि विशेष अप्रेशन नै चलाउने भएको हो ।

भन्सार जाँचपास भइसकेर ट्याक्सीमा सिनामंगलतर्फ लैजाँदै गरेको अवस्थामा बुधबार करिब एक सय किलो सुन विभागको टोलीले बरामद गरेको थियो । उक्त परिमाणको सुन पाँच दिनसम्म विमानस्थल भन्सारमै राखेर बुधबार निकालिएको दाबी स्रोतको दावी छ ।

यस्तोमा बुधबार गन्तव्यमा पुर्‍याउने गरी निकालिएको उक्त सुन विभागको टोलीले बाटैमा बरामद गरेको थियो । बरामद उक्त सुन बुधबारै राष्ट्र बैंक लगिएको थियो । एक सय किलो सुन बरामद भइसकेपछि राजस्व अनुसन्धान विभागले बिहीबार फेरि विमानस्थल भन्सारमा छापा मार्ने तयारी गरेको छ ।

हङकङसहित विभिन्न रुटबाट भित्रिएको अवैध सुन अझै विमानस्थलमा होल्डमा रहेको सूचनापछि विभागको टोली अहिले त्यहाँ पुगेको छ । अझै विमानस्थलभित्र १०० किलो सुन रहेको आशंका गरिएको छ । विभागको टोलीले विमानस्थल भन्सारमा खानतलासी र छापा मार्न टोली पठाइसकेको एक जना अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७