सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक विमानस्थलबाटै पक्राउ


४ श्रावण २०८०, बिहीबार
airport

काठमाडौं । सुन बरामद प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । राजश्व अनुसन्धान कार्यालयले बिहीबार चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

लिन जेछियाङ नामका ती चिनियाँ नागरिक नेपालमा अवैध सुन भित्र्याउने प्रमुख व्यक्ति हुनसक्ने देखिएको स्रोतले बताएको छ । उनी नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

‘अहिलेसम्मको अनुसन्धानमा उनी नै प्रमुख देखिन्छन् । थप अनुसन्धानबाट यो भन्दा माथिका मानिस समातिन सक्छन्,’ स्रोतले भन्यो । बुधबार साँझ उनी बस्ने ठाउँमा राजश्व अनुसन्धान कार्यालय र त्यहाँ रहेको सशस्त्र प्रहरी बलको टोलीले छापा मारेको थियो । छापा मारेर उनको पासपोर्टहरू समेत बरामद गरेको थियो ।

जसकारण उनी भाग्न सकेनन् । उनी अध्यागन कार्यालयमा पुगेको बेलामा पक्राउ परेका हुन् । उनी बिगत ४–५ महिनादेखि नेपालमा थिए । मंगलबार विमानस्थलको भन्सार जाँचपास भएर निस्किएको ब्रेक शुबाट प्रहरीले अन्दाजी १०० किलो सुन बरामद गरेको छ । त्यसको यकिन गर्न कार्यालयले सुन राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको छ । यसअघि यसै घटनामा संलग्न भएको आरोपमा ७ जनालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७