सुन प्रकरण : कांग्रेसकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा


५ श्रावण २०८०, शुक्रबार
Capture 26

काठमाडौं । कानुन न्याय तथा मानवअधिकार समिति सदस्यहरूले १०० किलो सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले अनुसन्धानलाई प्रभावकारी बनाउन राजीनामा दिनुपर्ने माग गरेका छन् ।

विमानस्थलमा गृह र अर्थको विभाग हुने भएकाले गृह र अर्थ मन्त्रीको राजीनामा माग गरेका हुन् । ‘क्विन्टल सुन छिर्दा अनुसन्धान गर्न रिजाइन गर्नुपर्छ कि पर्दैन ? अर्थ र गृहको विभाग विमानस्थलमा हुन्छ । दुई मन्त्रीले राजीनामा दिएर बाटो खुल्ला गर्नुपर्छ’, कांग्रेस सांसद सुनिलकुमार शर्माले भने ।

कांग्रेसकै सांसद रामहरि खतिवडाले पनि सुनको अनुसन्धान गर्न माग गरे । ‘कुन कुन देशले नेपाललाई तस्करको भूमि बनाउँदैछ’, उनले प्रश्न गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७