डिजिटल साक्षरता विद्यालय तहको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन् ।
आज (शुक्रबार) दिउँसो सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषदद्वारा आयोजित ‘आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

अन्तरक्रियामा प्रधानमन्त्रीले भने, ‘आजको विज्ञान–प्रविधिको युगमा आधारभूत तहबाट नै डिटिजल साक्षरताको विकास गरी प्रविधिमैत्री ज्ञानका साथै प्रविधिको दुरूपयोगको खतराबाट बच्नसक्ने पर्याप्त सावधानीबारे जानकारी आवश्यक छ ।’