चौतारी अध्यक्ष वस्नेतविरुद्ध ‘गृह’ ले दर्ता गरेको मुद्दाप्रति प्रेस युनियनको आपत्ति

प्रेस युनियनले भन्यो, ‘गृह प्रशासनबाट अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भयो’


५ श्रावण २०८०, शुक्रबार
Union

काठमाडौं : नेपाल प्रेस युनियनले प्रेस चौतारी नेपालका अध्यक्ष एंव जनता टाइम्स डटकमका प्रधान सम्पादक गणेश बस्नेतविरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

युनियनका महासचिव दिलीप पौडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर गृह प्रशासनको नेतृत्व गरेको व्यक्तिबाट अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गर्नु निन्दीय भएको उल्लेख गरेका छन् । महासचिव पौडेलले विज्ञप्तिमा भनेका छन्, ‘गृह प्रशासनको नेतृत्व गरेका व्यक्तिबाट अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गर्नु निन्दनीय कार्य हो ।’

प्रेस युनियनले सार्वजनिक पद धारण गरेको व्यक्तिले आलोचनालाई सहन नकसेर साइबर क्राइम मुद्दा दयार गर्नु अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ ।

Press Union

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संग्लनता बारेमा प्रश्न उठाएर चौतारी अध्यक्ष बस्नेतले स्टाटस लेखेका थिए । उक्त स्टाटास बिरुद्ध गहृमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले विहिबार साइबर क्राइम मुद्दा दर्ता गरेका छन् ।

गृह मन्त्रीका सचिवालयका व्यक्तिले नै अध्यक्ष बस्नेत विरुद्ध मुद्दा दर्ता गराएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यसअघि नेपाल पत्रकार महासंघले पनि अध्यक्ष बस्नेत विरुद्धको मुद्दा तत्काल फिर्ता लिन अपिल गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७