सुनसरी पुगे कांग्रेस सभापति देउवा


६ श्रावण २०८०, शनिबार
deuva biratnagar1690007386

सुनसरी । सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी आइपुगेका छन् । शनिबार नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्न देउवा सुनसरी आइपुगेका हुन् ।

यसअघि विराटनगर विमानस्थलमा ओर्लिएका सभापति देउवालाई स्वागत गर्न संघीय सरकारका मन्त्रीदेखि केन्द्रीय नेता विमानस्थल पुगेका थिए । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, पूर्वउप–प्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वसूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी, केन्द्रीय सदस्य अमृत अर्याल, कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापालगायत नेता विमानस्थल पुगेका थिए ।

देउवा विमानस्थलमा सञ्चारकर्मीहरुसँग वर्तमान राजनीतिक विषयमा बोलेनन् । कार्यक्रममै आफ्ना धारणा राख्ने भन्दै उनी सुनसरीतर्फ लागे । उनले इनरुवाको बवियामा विशेश्वरप्रसाद कोइरालाको शालिक अनावरण गरेका छन् । देउवाले जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस सुनसरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७