अहिलेको सत्ता गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल


६ श्रावण २०८०, शनिबार
madhav kumar2022 11 10 11 26 16

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिले सत्ता गठबन्धन तोड्ने अनेक षड्यन्त्र भइरहेको दावी गरेका छन् ।

कांग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउन सक्ने भएकाले त्यसप्रति सचेत रहन उनले आग्रह गरे । शनिबार काठमाडौंमा आयोजित ‘समाजवाद : बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन् ।
एमालेप्रति लक्षित गर्दै उनले कम्युनिष्ट भनिएकाहरुले पनि प्रतिगामीहरुसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरुले सत्तगठबन्धनलाई कायम राख्दै शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने तर्क गरे।

उनले भने, ‘घुमिफिरी शत्रु भनेको काँग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्दछ । त्यसकारण अघि मैले भनें, व्यवहार सोचे जस्तो हुँदैन । सिद्धान्त सोचे जस्तो हुँदैन । नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानु पर्दछ ।’

अध्यक्ष नेपालले व्यक्तिवाद हावी भएकै कारण तत्कालीन नेकपा विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने औंल्याए । पूँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले जनताको हितका लागि समाजवादको विकल्प नभएको उनको जिकीर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७