अध्यक्ष ओलीसँग आईक्यापका नेताको भेटवार्ता


६ श्रावण २०८०, शनिबार
WhatsApp Image 2023 07 22 at 15.12.05 1

काठमाडौं । क्याम्बोडियाको भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आईक्यापका नेताहरूले भेटवार्ता गरेका छन् । आज क्याम्बोडियाका प्रधानमन्त्री हुनसेनले आयोजना गरेको दिवाभोजका क्रममा उनीहरूले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

WhatsApp Image 2023 07 22 at 15.12.06 1

भेटमा आईक्यापका सह–अध्यक्ष पाकिस्तानका सिनेटर मुसाहिद हुसेन र आईक्यापका महासचिव दक्षिण कोरियाका आहन म्युङसुले आईक्यापको निकट भविष्यका कार्यक्रमहरू र अन्य गतिविधिहरुका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका छन् । सो अवसरमा नेकपा एमाले विदेश विभाग प्रमुख तथा आईक्याप स्थायी कमिटी सदस्य राजन भट्टराइको पनि उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७