चीनको अर्को उच्चस्तरीय टोली नेपाल आउँदै भेटघाटको तालिका मिलाउँदै ‘सरला’


६ श्रावण २०८०, शनिबार
Chinese team in nepal

काठमाडौँ । नेपालमा चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय नेताको एकपछि अर्को भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौँमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको छ ।

यसरी नेपालमा चीनकातर्फबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण गराउन मुख्य भूमिका खेल्ने पात्र भने जेङ युया हुन् । उनले आफ्नो नेपाली नाम ‘सरला’ राखेकी छन् । उनी चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल मामिला हेर्ने नेत्री हुन् ।

च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख सरला नेपाल आइसकेकी छन् । आज (शनिबार) नेपाल आइपुगेकी सरलाले च्याको भ्रमण तालिका र भेटघाटको तालिका मिलाइरहेकी छिन् । च्याले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ ।

नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको भ्रमण गर्ने तयारी छ । नेपालमा भारत र अमेरिकी नेताहरुको भ्रमण बाक्लिएपछि केही समययता चिनियाँ नेताहरुको नेपाल आउनेक्रम पनि बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७