दिल्लीमा जुत्तामा लुकाएको अवस्थामा १० करोड बढी विदेशी मुद्रा बरामद

नयाँदिल्ली । भारतको भन्सार विभागले शुक्रबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तीन ताजकिस्तानी नागरिकबाट १० करोड बढी विदेशी मुद्रा बरामद गरेको छ ।

विभागका अनुसार तीनै जना नागरिक इस्तानबुल जाँदै थिए । खोजीका क्रममा उनको झोलामा राखिएको जुत्ताबाट उक्त रकम बरामद भएको हो ।
उनीहरुको साथबाट भन्सारले ७ लाख २० हजार अमेरिकी डलर र ६ लाख ६४ हजार २०० पाउण्ड बरामद गरेको छ । जसको मूल्य भारतीय मुद्रामा १० करोड रुपैयाँ पर्छ । एजेन्सी
In one of the biggest foreign currency seizures at airports in the country, AirCustoms@IGIA have booked a smuggling case against 3 Tajik nationals departing for Istanbul, after search of their bags led to recovery of US$ 720,000 & €664,200 valued at INR 10.07 Cr. pic.twitter.com/WewwenQ1m2
— Delhi Customs (Airport & General) (@AirportGenCus) July 21, 2023