नेपाल प्रहरीका ६४ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा (सूचीसहित)

काठमाडौं । सरकारले नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लाई निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गरेको छ ।
हिजो (शनिबार) बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गर्ने निर्णय गरेको हो । सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । यस्तै लोकराज पाठक दोस्रो र किरण घिमिरे तेस्रो नम्बरमा छन् ।
हेर्नुस् बढुवा सूची