कांग्रेस बैठकमा विनोद चौधरीको आक्रोश : मलाई हराउन पार्टीकै मान्छेहरू लागे


७ श्रावण २०८०, आईतवार
binod chaudhary

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीबाट टिकट पाएपछि आफूलाई हराउन कांग्रेसकै एउटा समूह लागेको आरोप लगाएका छन् ।

आज (आइतबार) कांग्रेस केन्द्रीय समिति बैठकमा उनले आफूलाई चुनावमा कसरी जिताउनेभन्दा पनि कसरी रोक्ने, छेक्ने र कसरी विरोधको वातावरण बनाउने भनेर पार्टीकै केही व्यक्तिहरू प्रत्यक्ष संलग्न भएका आरोप लगाए ।

उनले पार्टी संगठन, भ्रातृ संगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसक्ने हो भने पार्टी पार्टीका रूपमा रहन नसक्ने बताए । उनले अहिले नयाँ–नयाँ पार्टीहरू सलबलाइरहेका र नाम नै नसुनिएका उम्मेदवार उठ्दा पनि हजारौँ भोट पाइरहेको अवस्थामा आफूहरू एकढिक्का हुनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७