गगनलाई मिनेन्द्रको सुझाव : संसदीय दलको ‘खनायो’ मा मन नडुलाऔं


७ श्रावण २०८०, आईतवार
gagan minendra

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले महामन्त्री गगनकुमार थापालाई संसदीय दलको ‘खनायो’ मा मन नडुलाउन आग्रह गरेका छन् ।

आज (आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै रिजालले उक्त सुझाव दिएका हुन् । ‘सभापतिजी पनि चाहनुहुन्छ ८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस् । महामन्त्री पनि चाहनुहुन्छ ८४ सम्म यति गरौं कि ८४ पछि त मजालै अगाडि लान सकुँ भनेर । कहाँनेर स्वार्थ मिलेन भन्दा खोज्दै जाँदाखेरी संसदीय दलको खनायो छ नि, त्यतातरि मन नडुलाएदेखि सभापति र महामन्त्रीको ध्यानै एकैतिर हुन्थ्यो भन्ने लाग्यो,’ रिजालले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७