कोशी प्रदेश सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा


७ श्रावण २०८०, आईतवार
sarbochcha 1

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट आज ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

गएको असार २४ गते कार्कीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सपना प्रधान मल्लको इजलासले कोसी सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न आदेश दिएको थियो ।

आजदेखि लागातार सुनुवाइ हुने गरी मिति समेत तोकिएको थियो ।
आइतबार उक्त रिट न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा परेका थियो । तर, सर्वोच्चको पेसी सूचीमा यो मुद्दा हेर्न नमिल्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७