२६ सहसचिव सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


७ श्रावण २०८०, आईतवार
sanghiya

काठमाडौँ । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्णय अनुसार विभिन्न मन्त्रालय अन्तर्गतका सहसचिवहरु सरुवा भएको हो ।

जसअनुसार जाजरकोटका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । ललितपुर र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन गरिएको छ । राष्ट्रिय किताबखानाका महानिर्देशक टोकराज पाण्डेय अर्थ मन्त्रालयमा सरुवा भएका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।

बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्रालयका सहसचिव अस्मान तामाङले अख्तियार दुरुपयोग अनुसन्धान आगोगमा जिम्मेवारी पाएका छन् । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा श्यामकृष्ण थापा सरुवा भएका छन् । यसअघि पोखरा महानरपालिकामा कार्यरत वीरेन्द्रदेव भारती ललितपुर महानगरपालिकामा सरुवा भएका छन् ।

ललितपुर महानगरपालिकाका सहसचिव गणेश अर्याललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई गृह मन्त्रालय वा मातहत र मशेध प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव भिष्मकुमार भुषाल बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा भएका छन् ।
हेर्नुस् सरुवा सूची

sa 1
sa1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७