भैँसे–भीमफेदी सडक खण्डमा यातायात सञ्चालन


८ श्रावण २०८०, सोमबार
bhimfedi kulekhani

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने भैैँसे–भीमफेदी सडकखण्डमा आइतबार अपराह्न गएको पहिरो पन्छाई यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।

उक्त सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–३ मा आज अपराह्न खसेको पहिरो पन्छाई केहीबेर अघिदेखि यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार पहिरो जाँदा भीमफेदी हुँदै काठमाडौँ, सिस्नेरी, फाखेललगायत भीमफेदीको विभिन्न स्थानमा जाने र ती सडकखण्ड हुँदै हेटौँडातर्फ आउने यातायात अवरुद्ध भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७