नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तरक्रिया हुँदै


२०८० श्रावण ८ सोमबार ०८:०७ बजे

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तरक्रिया गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा यही साउन १२ गतेदेखि तीन दिन हुने कार्यक्रममा गण्डकीसहित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेस प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहभागिता रहनेछ । मुख्य कार्यक्रम १३ गते हुने जनाइएको छ ।

कार्यक्रममा सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने आयोजक गण्डकी प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । केही कार्यक्रम प्रतिष्ठानबीच सहकार्यबाट प्रभावकारी हुने भएकाले सहकार्यको वातावरणसमेत बन्ने विश्वास लिइएको उनले बताए । कार्यक्रममा प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवले सहभागिता जनाउने छन् ।

यसैगरी स्वामी विवेकानन्द सास्कृतिक केन्द्र काठमाडौँ तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा दुईदिने फोटो प्रदर्शनी कार्यक्रम समेत हुने भएको छ । यो प्रदर्शनी पोखरा सभागृहमा यही साउन १०  र ११ गते हुने भएको हो । यी दुई कार्यक्रमलाई सफल तयारीमा तीव्रता दिइएको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ । रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७