संघीय कानुन व्यवसायी संघको अध्यक्षमा दिपक राई


२०८० श्रावण ८ सोमबार ०७:०९ बजे

-विद्वान कुलुङ राई

काठमाडौं । संघीय कानुन व्यवसायी संघको पहिलो राष्ट्रिय सम्मेलनले अधिवक्ता दिपक राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

राई संघका संस्थापक अध्यक्ष हुन् । काठमाडौं बुढानिलकण्ठको शिवपुरीस्थित नाभा रिसोर्टमा यहीँ साउन ५ र ६ गते सम्पन्न सम्मेलनले अध्यक्षसहित सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट कानुन व्यवसायी संघको उपाध्यक्षमा आशा राई, रुद्रप्रसाद राई, दीपनारायण यादव, किरणकुमारी साह, चित्रबहादुर केसी, महेशनारायण दास र भगवती सुवेदी चयन भएकी छन् ।

महासचिवमा सञ्जयकुमार साह, सचिवमा प्रीति रमण र कोषाध्यक्षमा ओमनारायण श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा अशोक राई, रामचन्द्र महतो, उमाशंकार देव, सावित्रीकुमारी खतिवडा, जहरसिंह राई, चन्द्रादेवी थापा, सौजन थापा मगर, संगीता राई, आदर्शकुमारी सहनी र अस्मिता थापा छन् ।

सम्मेलनले नयाँ कार्यसमिति गठन गरेसँगै समानुपातिक समावेशी न्यायालय हुनुपर्ने, कार्यपालिका र व्यवस्थापिका जस्तै अधिकारसम्पन्न संघीय संरचनाको व्यवस्था हुनुपर्ने, कानुन व्यवसायीहरुद्वारा नै यस व्यवसायलाई सम्मानित, व्यवसायिक र मर्यादित बनाउन पहल गर्नुपर्ने र नवोदित कानुन व्यवसायीहरुलाई व्यवसायिक सफलताको लागि अग्रज कानुन व्यवसायीद्वारा निरन्तर सहयोग गर्नुपर्ने धारणा पनि सार्वजनिक गरेको छ ।

देशभरबाट सहभागी कानुन व्यवसायीहरुको सम्मेलनको उद्घाटन साउन ५ गते जसपाका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए भने दोस्रो दिन संघीय परिषद् अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सम्बोधन गरेका थिए । कार्यक्रममा कानुन व्यवसायी मानबहादुर राईलाई सम्मान गर्नुका साथै आयोजकको तर्फबाट सहभागी कानुन व्यवसायीहरुलाई कदर–पत्र प्रदान गरिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७