बैतडीमा पहिरोले घर पुरिएर आमा–छोराको मृत्यु, तीन जना घाइते


८ श्रावण २०८०, सोमबार
baitadi THe97s2rvF

बैतडी । बैतडीमा पहिरोले घर पुरिएर आमा–छोराको ज्यान गएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–२ मा आइतबार राति ३ बजेतिर सुतिरहेको अवस्थामा घरमाथिबाट खसेको पहिरोले पुर्दा आमा–छोराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पहिरोमा घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र उनका ४ वर्षीय छोरा रिजनको मृत्यु भएको हो । पहिरोले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिँदै छ ।

घर पछाडिबाट खसेको पहिरोमा घर पूर्ण रुपमा पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनका अनुसार पहिरोमा पशुचौपाया पनि पुरिएका छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७