सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सरकारमा जाँदै


८ श्रावण २०८०, सोमबार
rameshwar chaudhari Ze8pvhEEZV

कञ्चनपुर । सुदूरपश्चिम सत्ता गठबन्धनमा रहेर पनि असन्तुष्ट नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा जाने भएको छ । रिक्त रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्तिबाट मन्त्री नियुक्ति गर्ने तयारी मुख्यमन्त्री कमलबहादुर शाहले गरेका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम मुख्यमन्त्री शाहलाई पठाइसकेको नागरिक उन्मुक्तिका एक नेताले बताए । उनीहरु सोमबार (आज) मन्त्रीमा नियुक्त हुन सम्भावना छ । गत जेठमा सरकार विस्तारका क्रममा उन्मुक्तिको भागमा कृषि मन्त्रालय परेको थियो ।

तर असन्तुष्टि जनाउँदै उन्मुक्ति सरकारमा सामेल भएको थिएन । सत्तारुढ गठबन्धनभित्र उन्मुक्तिले दुई पूर्ण र एक राज्यमन्त्री पाउनुपर्ने अडान राखेको थियो । मुख्यमन्त्री शाहलाई विश्वासको मत दिए पनि भागबण्डामा असन्तुष्ट हुँदै सरकार बाहिर बसेको उन्मुक्ति अहिले भित्रिन लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७