भ्रष्टाचार काण्डका दोषीहरूलाई सरकारले निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : भुसाल


२०८० श्रावण ८ सोमबार ०८:०६ बजे

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले भ्रष्टाचार काण्डका दोषीहरूलाई सरकारले निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन् ।

आज (सोमबार) काठमाडौँमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा महासचिव भुसालले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्नहरूलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराएका हुन् । अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरूको अहिले नै भ्रुण तुहिने गरी सरकारले भ्रष्टहरूमाथि कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘अहिलेका यी भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गरियोस् ताकी अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरूको अहिले नै भ्रुण तुहियोस् । नजन्मिउन् तिनीहरू । पार्टीभित्र नै यसमा बहस शुरु हुनुप¥यो ।’

महासचिव भुसालले देशबाट भ्रष्टाचार पूर्णरूपमा नियन्त्रण गर्न भने हरेक पार्टी भित्रैबाट भ्रष्टाचार विरोधी अभियान शुरु गर्नुपर्ने बताए । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टीभित्रैबाट त्यसविरुद्ध अभियान छेड्नुपर्ने बताए ।

उनले समाजवादको यात्रालाई ठिक ढङ्गले अघि बढाउन पनि हरेकले आफ्नो पार्टी स्वयंलाई भ्रष्टाचार विरोधी बनाउन सक्नुपर्ने जिकिर गरे । भुसालले लोकप्रियताका लागि भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई अघि बढाउन नहुने बताए । त्यस मामिलामा पुँजीवादले जित्ने भएकाले कम्युनिस्टहरूले त्यो बाटो लिन नहुने उनको भनाई छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७