म मौन ब्रत बस्दैमा पार्टीको सबै समस्या हल हुँदैन : गगन थापा


२०८० श्रावण ८ सोमबार ०७:५१ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले बोल्न बन्द गर्दैमा पार्टीको सबै समस्या हल नहुने बताएका छन् ।

सानेपामा पाँच दिनदेखि जारी केन्द्रीय समितिको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘बाहिर जेजे कुरा आएका छन् त्यो सबै प्रायोजित छन् । पार्टीगतरूपमा एउटा समस्या छ । महामन्त्री अलि बढी बोल्छ । त्यसले बोल्न बन्द गरेर मौन ब्रत राख्यो भने पार्टीको सबै समस्या हल हुन्छ । मलाई के लाग्छ सभापति ज्यू ! मलाई के लाग्छ भने यसले हामीलाई दुर्घटनातिर लान्छ । यो अहिलेको समय न आत्मनिन्दा गर्ने बेला हो न सक्यो सक्यो भनेर सबै ठीक छ भन्ने बेलामा हो । यो बेलामा हामी सम्हालिनुप र्छ ।’
देउवालाई गगनको आग्रह–आफ्नो छेउछाउ धुपबत्ती बाल्नेलाई छाड्नुस्
महामन्त्री गगन थापाले आफ्नो आसपास धुपबत्ती बाल्नेलाई छाड्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
केन्द्रीय कार्यसमितीको बैठकमा बोल्दै महामन्त्री थापाले पार्टीलाई लिएर जनतामा नैराश्यता छाएको भन्दै यस्तो अवस्थामा आफ्नो वरिपरि धुपबत्ती बाल्नलाई छाडेर नागरिक किन निराश छन् त्यसमा ध्यान दिनुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले आफ्नो नेतृत्वमा पार्टीलाई पहिलो बनाएको स्मरण गर्दै वर्तमान नेतृत्वलाई पनि ‘कम्फर्ट जोन’ बाट निस्किन आग्रह गरे । थापाले कांग्रेस एजेण्डामा केन्द्रित हुनुपर्ने बताए । ‘कांग्रेसको अबको एजेण्डा के हो ? स्पष्ट हुनुपर्छ’, थापाले भने । थापाले पार्टीमा महामन्त्रीहरू बोल्न छोडेर मौन व्रत बसे भने सबै समस्या समाधान हुन्छ जस्तो परिस्थिति देखिएको समेत बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७