विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर


९ श्रावण २०८०, मंगलवार
money 1

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ६१ पैसा र बिक्री दर १३१ रूपैयाँ २१ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ ८६ पैसा र बिक्री दर १४५ रूपैयाँ ५३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ६८ पैसा र बिक्री दर १६८ रूपैयाँ ३५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Capture 29

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७