महिला विश्वकप फुटबल : आज तीन खेल हुँदै, को–को भिड्दै छन् ?


९ श्रावण २०८०, मंगलवार
women 1 xDzmocAPjo 1

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज (मंगलबार) तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘एच’ का कोलम्बिया र दक्षिण कोरिया खेल्दै छन् ।

यो खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे शुरु हुनेछ । त्यस्तै, अर्को खेलमा बिहान सवा ११ बजे समूह ‘ए’ का न्युजिल्यान्ड र फिलिपिन्स तथा दिउँसो पौने २ बजे समूह ‘ए’ कै स्विट्जरल्यान्ड र नर्वेबीच खेल हुनेछ । हिजो भएको खेलमा ब्राजिल, जर्मनी र इटली विजयी भएका छन् ।

ब्राजिलले पानामालाई ४–० गोलले, जर्मनीले मोरक्कोलाई ६–० गोलले र इटलीले अर्जेन्टिनालाई १–० गोलले हराएको हो । महिला विश्व कप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७