मुग्लिङ–नारायणगढ सडक पहिरोले पूर्णरुपमा अवरुद्ध, यात्रु अलपत्र


९ श्रावण २०८०, मंगलवार
Mugling jam

चितवन । चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग पूर्ण अवरुद्ध भएको छ । बिहान ७ बजेदेखि सडक पूर्णरूपमा बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कालिखोला आसपासका विभिन्न स्थानमा साना ठूला पहिरो आएर राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।

पानी परिराखेकाले पहिरो पन्छाउन कठिन भएको कार्यालयले जनाएको छ । पहिरो पन्छाउन समय लाग्ने देखिएकोले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । यसअघि पनि यो राजमार्ग पटक–पटक पहिरोका कारण अवरुद्ध भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७