देउवाले निवासमै डाके कांग्रेस पदाधिकारी बैठक


२०८० श्रावण ९ मंगलबार ११:३४ बजे

काठमाडौं । सभापति शेरबहादुर देउवाले धुम्बाराहीस्थित आफ्नै निवासमा नेपाली कांग्रेस पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले मंगलबार अपरान्ह ४ बजे धुम्बाराहीमा बस्ने गरी पदाधिकारी बैठक बोलाएको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

पौडेलका अनुसार बैठकको एजेण्डामा समसामयिक राजनीति, गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकसहित रहेका छन् । यसअघि केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले सभापति देउवाले पार्टीलाई सानेपामाभन्दा धुम्बाराहीमा केन्द्रित गरेको भन्दै आलोचना गरेका थिए ।

नेताहरुको आलोचनाबीच सभापति देउवाले फेरि पदाधिकारी बैठक आफ्नै निवासमा बोलाएका हुन् । यसअघि पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलका पदाधिकारीहरुको बैठक धुम्बाराहीमै राख्ने गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७