प्रधानमन्त्रीसँग आइएफएडीका प्रमुखको भेट


२०८० श्रावण ९ मंगलबार ०८:०५ बजे

रोम । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन् ।

भेटवार्तामा उनीँहरुबीच आइएफएडी र नेपालबीचको सम्बन्ध, आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा भएको थियो । नेपालका कृषि क्षेत्रमा आइएफएडीको सहयोगमा विभिन्न परियोजना सञ्चालित छन् ।

आइएफएडीले विकासशील मुलुकमा गरिबी निवारण र भोकमरी अन्त्यका लागि कृषि क्षेत्रको विकासमा वित्तीय सहयोग गर्दै आएको छ । नेपाल आइएफएडीको सदस्य मुलुक हो । सन् १९७८ मा नेपाल आइएफएडीको सदस्य बनेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७