शपथ खान गएका सांसद रञ्जिताको पत्रले फिर्ता


२०८० श्रावण ९ मंगलबार ११:५९ बजे

धनगढी । नागरिक उन्मुक्ति पार्टी तत्काल सुदूरपश्चिम प्रदेश सरकारमा नजाने भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आज (मंगलबार) मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्राचार गर्दै पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार प्रदेश सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराएकी हुन् ।

शपथ ग्रहणको लागि संसदीय दलका नेता घनश्याम चौधरीसहितका नेताहरू दिउँसो नै धनगढी पुगेका थिए । तर, केन्द्रीय अध्यक्षको निर्देशनपछि आज शपथ ग्रहण रोकिएको छ । हिजै नागरिक उन्मुक्तिबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी सिफारिस गरेको थियो । तत्काल उनीहरूको शपथ रोकिएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७