ग्रीसमा आगो निभाउन खटिएको वायुसेनाको विमान दुर्घटना : दुई पाइलटको गयो ज्यान


१० श्रावण २०८०, बुधबार
greece imqdAMPPoh

काठमाडौँ । ग्रीसमा आगलागी नियन्त्रण गर्न र आगो निभाउन प्रयोग भएको वायुसेनाको एउटा विमान दुर्घटना भएको छ । ग्रीसको रक्षा मन्त्रालयले विमानमा दुई जना पाइलट रहेको र दुवैको ज्यान गएको जनाएको छ ।

ग्रीक फायर सर्भिसका प्रवक्ता यानिस एर्टोपियोसले दुर्घटना इभिया टापुमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । ग्रीसको जंगलमा केही दिनदेखि आगो लागेको छ । आगो फैलिएपछि नियन्त्रणको प्रयास भइरहेको छ ।

उच्च गर्मी र डढेलोको कारण ग्रीसमा जनजीवन प्रभावित भएको छ । तीव्र हावाको कारण जङ्गल र वरपरका बस्तीमा डढेलोको जोखिमपछि हजारौँलाई सुरक्षित ठाउँमा सारिएको छ । ग्रीसको रोड्स र कोर्फु टापुको जङ्गलमा लागेको डढेलोबाट हजारौँ स्थानीय बासिन्दा र पर्यटकलाई सुरक्षित ठाउँमा सारिएको हो ।

ग्रीक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले आफूहरु आगोको ज्वालासँग युद्धमा रहेकोे बताएका छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ग्रीसले गएको हप्ता मात्रै ३५ हजार हेक्टर वन तथा अन्य जमिन डढेलोका कारण प्रभावित भएको जनाएको छ । राजधानी एथेन्समा ४१ डिग्री सेल्सियस र मध्य ग्रीसमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको राष्ट्रिय मौसम पूर्वानुमानकर्ताले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७