एमाले संसदीय दलको बैठक जारी : संसद बैठक एक घण्टा पछि सर्‍यो


२०८० श्रावण १० बुधबार १४:४७ बजे

काठमाडौं । प्रतिनिधिसभाको बैठक एक घण्टा सारिएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक एक घण्टाका लागि पछाडि सारिएको हो । आजको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने तयारी गरेको छ । त्यसबारे निर्णय लिन अहिले एमालेको संसदीय दलको बैठक जारी छ ।

‘एक सय किलो सुन भित्रिनुमा कर्मचारीको मात्र संलग्नता छैन । मन्त्री पनि जिम्मेवार हुन्छन् । आज सरकारको धारणा माग्छौँ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने । एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्न लागेको हो भन्ने प्रश्नमा प्रमुख सचेतक गिरीले भने, ‘राजीनामा मागेका छैनौँ । सरकार कसरी प्रस्तुत हुन्छ, त्यसपछि थप रणनीति तय गर्छाैं ।’ सदन सुरु भएलगत्तै एमालेले उठेर विरोध गर्ने तयारी गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७