काठमाडौं सीतापाइलामा १३ बर्षीया बालिका बसभित्रै बलात्कृत


१० श्रावण २०८०, बुधबार
rape unsafe women home
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको सीतापाइलामा एक १३ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पुरूष पक्राउ परेका छन् ।

मंगलबार दिउँसो प्रहरीले बलात्कार आरोपमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई वडा नम्बर ६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेको हो । उनले १३ वर्षीया नाबालिगलाई नागार्जुन–४ सीतापाइलास्थित पार्किङमा राखेको बसमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बसको नम्बर खुलेको छैन ।

प्रहरीका अनुसार घटना गत असार ३० गते भएको थियो । बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी वृत्त स्वयम्भूको टोलीले महर्जनलाई पक्राउ गरेको हो । प्रहरीले उनीमाथि म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७