प्रहरीले हत्कडीसहित ठमेल घुमाएका सानुभाइलाई धरौटीमा छोड्न अदालतको आदेश


१० श्रावण २०८०, बुधबार
Sanubha 12

काठमाडौं । प्रहरीले हत्कडीसहित ठमेल घुमाएका सानुभाइ भनिने युवराज गुरुङलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । काठमाडौंको ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकमाथि हातपात गर्ने गुरुङलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

आज (बुधबार) जिल्ला अदालत काठमाडौंले अभद्र व्यवहार कसुरमा गुरुङलाई १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । तर, अदालतले धरौटीमा छाड्न आदेश दिए पनि पुरानै मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेकाले गुरुङलाई कारागार नै पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।

क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङसहित कर्मचारीमाथि कुटपिट गरेको आरोपमा गुरुङसहित ८ जना पक्राउ परेका थिए । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङसँगै पक्राउ परेका विनोद तामाङ, रघु तामाङ, कमल तामाङ, निरज गुरुङ, विक्रम अधिकारी र विश्व तामाङलाई ८ हजार रुपैयाँ धरौटीमा छोड्न दिएको थियो । जिल्ला प्रशासन कार्यालयको आदेशसँगै उनीहरू रिहा पनि भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७