विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम : सतर्क रहन आग्रह


२०८० श्रावण ११ बिहीबार ०७:२५ बजे

काठमाडौं । काठमाडौँका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम बढेको छ । राति काठमाडौँको बूढानीलकण्ठ आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ ।

बाढी सूचना महाशाखाले गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता नजिक पुगेको र विष्णुमती, इच्छुमती, धोबीखोला तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । साथै पानी सडक किनार र बस्तीमा पस्ने जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । त्यस्तै, काठमाडौँकै जितपुर आसपासका क्षेत्रमा पनि बाढीको जोखिम छ ।

आज देशका पहाडी केही ठाउँ तथा बाँकी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

https://twitter.com/DHM_FloodEWS/status/1684329949971496960?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1684329949971496960%7Ctwgr%5E3c98e68451410913859d29297d9feec74969e64e%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F90583%2F2023%2F7%2F27%2Frisk-of-flooding-in-bishnumati-ichchumati

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७