नर्वेकी आरोही क्रिस्टिन र नेपाली गाइड तेन्जेनले तोडे निर्मल पुर्जाको विश्व कीर्तिमान

९१ दिनमा विश्वका १४ अग्ला हिमाल आरोहण


११ श्रावण २०८०, बिहीबार
K2 climb1690442930

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिला र गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटू हिमालको सफल आरोहण गरेका छन् । क्रिस्टिन, तेन्जेन शेर्पाले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले बनाएको विश्व कीर्तिमान तोड्दै अर्को रेकर्ड बनाएका छन् ।

पाकिस्तानमा रहेको केटू हिमाल ब्रोडपिक (८,६११ मिटर) को क्रिस्टिन, तेन्जेन र शेर्पा गाइड मिङ्तेम्बा शेर्पाले आज (बिहीबार) बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिए । उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिना एक दिनमा सफल आरोहण गरेका छन् । क्रिस्टिनले १४ वटै हिमालहरु शेर्पा गाइड तेन्जेन शेर्पासँगै नै आरोहण गरेकी हुन् ।

हरिला र तेन्जेनले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल तीन महिनामै आरोहण गरेका हुन् । यसअघि, पुर्जाले सात महिनाभन्दा कम समयमै आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु सफल आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए । क्रिस्टिन र शेर्पाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चोयु, शिशपाङ्मा, नंगा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटू हिमालको सफल आरोहण गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७