१०० किलो सुन प्रकरण : चिनियाँ बस्ने लाजिम्पाटस्थित घरमा राजश्वको खानतलासी


११ श्रावण २०८०, बिहीबार
gold 2
फाइल फोटो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १०० किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले खानतलासी गरेको छ ।

लाजिम्पाटस्थित चिनियाँ नागरिक जिक्वाङ लिनले भाडामा लिएको एक घरमा विभागले खानतलासी गरेको हो । सो क्रममा केही बाकसहरु बरामद भएको तर उक्त बाकसमा सुन नभेटिएको स्रोतले बताएको छ । केही महत्वपूर्ण कागजात र सामग्री बरामद हुनसक्ने आशंकामा खानतलासी गरेको हो । घरलाई अहिले विभागले शिल गरेको छ ।

यसअघि बुधबार साँझ विभागले सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारी ६६ कार्टुन ब्रेक शु बरामद गरेको छ । राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको १०० किलो सुन बरामद गरेको थियो । त्यसमा संलग्न रहेको आरोपमा हालसम्म १७ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७