चितवनमा २४ घण्टामा चार जनालाई डेंगी संक्रमण


१२ श्रावण २०८०, शुक्रबार
dengue

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये आठ जनामा डेंगीको संक्रमण देखिएको छ ।
चालु आर्थिक वर्षको साउन १ देखि १२ गतेसम्म सो संख्यामा डेंगीको संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो चौबीस घन्टामा मात्रै चार जनामा डेंगीको संक्रमण भेटिएको छ ।

कार्यालयका सूचना अधिकारीराम केसीका अनुसार चालु आवको हालसम्म ८३ जनाको परीक्षण गरिएकामा सो संख्यामा डेंगीको संक्रमण देखिएको हो । संक्रमितमध्ये पाँच जना जिल्ला बाहिरका र तीन जनाको ठेगाना नखुलेको उनले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७