भारतले वेस्ट इण्डिजलाई हरायो


१२ श्रावण २०८०, शुक्रबार

काठमाडौँ । पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले वेस्ट इण्डिजलाई पाँच विकेटले पराजित गरेको छ । गए राति बारबाडोसको केंसिंग्टन ओभलमा भएको खेलमा वेस्ट इण्डिजले दिएको ११५ रनको सामान्य लक्ष्य भारतले ५ विकेट गुमाएर २२ ओभर ५ बलमै पूरा गर्‍यो । भारतका लागि ईशान किशानले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका गुदकेश मोतीले २ विकेट लिए ।

यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इण्डिज २३ ओभरमा ११४ रनमा अलआउट भयो । वेस्ट इण्डिजका लागि शाई होपले सर्वाधिक ४३ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले ४ र रविन्द्र जडेजाले ३ विकेट लिए ।

यो जितसँगै भारतले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता लिएको छ । यसअघि भएको २ खेलको टेस्ट श्रृङ्खला भारतले १–० ले जितेको छ । यी दुई टोलीबीच ५ खेलको टी–२० श्रृङ्खला पनि हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७