पहिरोले मेची राजमार्गको ताप्लेजुङ खण्ड अवरुद्ध, यात्रु अलपत्र


१२ श्रावण २०८०, शुक्रबार
pahiro taplejung

ताप्लेजुङ । गए राति खसेको पहिरोले मेची राजमार्गको ताप्लेजुङ खण्ड अवरुद्ध भएको छ । फुङलिङ–८ स्थित खोक्सेखोला छेउमा गएको पहिरोले करिब ४० मिटर सडक पुरेको स्थानीय मनिष अधिकारीले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट तराई तथा काठमाडौँका लागि छुटेका तथा ताप्लेजुङतर्फ गइरहेका सवारी बीच बाटोमा रोकिएका छन् । यात्रु पनि अलपत्र परेको अधिकारीले जानकारी दिएका छन् । वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार सडकको पहिरो पन्छाउन दिनभर लाग्ने सम्भावना छ । सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७