गणपूरक संख्या नपुगेपछि संसदीय समितिको बैठक स्थगित


१२ श्रावण २०८०, शुक्रबार
Lekha Samiti1685522829
फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन ।

२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बोलाइएको थियो । तर सांसदहरू उपस्थित हुन नसक्दा बैठक बस्दै नबसी स्थगित भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७