सशस्त्रका ६ इन्स्पेक्टर डीएसपीमा बढुवा (सूचीसहित)

काठमाडौँ । सशस्त्र प्रहरीका ६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा भएका छन् । साधारण समूह तथा लेखा उपसमूहतर्फ पाँच जना र कानुन उपसमूहतर्फ एक गरी ६ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा भएको हो ।
बिहीबार बसेको गृह मन्त्रालयका सचिवस्तरको निर्णयअनुसार उनीहरूको बढुवा भएको हो । बढुवा समितिले असार ३१ गते उनीहरूको नाम गृहमा बढुवाका लागि सिफारिस गरेको थियो ।
यी हुन् बढुवा भएकाहरु
प्रमोदबाबु थापा
तुलसिंह केसी
सन्तोषकुमार चन्द
दिवाकर राउत
राजेशकुमार सिंह
सत्यदेवी बस्नेत