जानकी मन्दिरको विवाह मण्डपमा अश्लिल टिकटक बनाउने युवक पक्राउ


१३ श्रावण २०८०, शनिबार
tiktok

जनकपुरधाम । जानकी मन्दिरको विवाह मण्डपमा अश्लिल टिकटक भिडियो बनाउने एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको औरही गाउँपालिका ६ का १८ वर्षीय अनिरूद्र यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यादवले जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लिल टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका थिए । उक्त भिडियो भाइरल भएपछि चौतर्फ विरोध भएको थियो ।

भिडियोमा देखिएकी युवती र भिडियो खिच्ने व्यक्तिको खोजी जारी रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७