समाजवादी मोर्चाले आज विद्यार्थी मोर्चा घोषणा गर्दै


२०८० श्रावण १४ आइतबार ०७:२८ बजे

काठमाडौं । समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा गरिने भएको छ । ललितपुरको च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा आज (आइतबार) विद्यार्थी मोर्चाको घोषणा गरिने कार्यक्रम तय भएको बताइएको छ ।

घोषणासभामा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

चार दलीय समाजवादी मोर्चाको विद्यार्थी संगठन घोषणा गर्न लागिएको हो । मोर्चाको कार्यविधिलाई अन्तिम रूप दिने तयारी समेत गरिएको एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७