हुम्लामा बाढी–पहिरोले दुई गाउँमा क्षति, २३० घरधुरीलाई सुरक्षित ठाउँमा सारिंदै


२०८० श्रावण १४ आइतबार ०७:१४ बजे

सुर्खेत । लगातारको वर्षाले पहिरो खस्दा हुम्लाको सर्केगाड गाउँपालिकामा ठूलो भौतिक क्षति भएको छ । शुक्रबार रातिको वर्षाले सर्केगाड गाउँपालिका–२ को रिप, वडा नं. ३ को उनापानी र वडा नं. ८ को राहादेउमा भौतिक क्षति पुर्‍याएको छ ।

तातोपानी लघु जलविद्युत आयोजनाको पावर हाउसमा बाढीले क्षति पुर्‍याएको छ भने तातोपानीका कुण्डहरु पुरिएका छन् । रिपमा २३० घरधुरी छन् । गाउँमाथिको ठुलो पहाड वर्षाले चिरा परेकाले कति बेला गाउँ पुर्ने हो भन्ने चिन्ता भइरहेको अध्यक्ष कार्कीले बताए । उनले पूरै गाउँलाई अन्यत्र सार्ने तयारी भइरहे पनि राहत सामाग्रीको अभावले समस्या ल्याएको बताए ।

पहिरोले पुर्‍याएको क्षतिको अनुगमन गर्न र जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्नका लागि सदरमुकाम सिमकोट र सर्केगाडबाट शनिबार बिहान हिँडेको प्रहरी टोली घटनास्थलमा पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले गाउँको दुईतर्फबाट गएको पहिरोले मानिसहरु थुनिएको बताए । डिआइजी ढकालका अनुसार पानी नरोकिए गाउँ नै पहिरोले लिन सक्ने जोखिम भएकाले स्थानीयहरूलाई सुरक्षित ठाउँमा सार्ने तयारी भइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७