नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण


१४ श्रावण २०८०, आईतवार
naupa sadbhavana21690713890

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गरेका हुन् ।

एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए । जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरूले प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको आरोप लगाए । नेता चौधरीले आफू साढे ८ वर्षसम्म जेलमा मधेसको आन्दोलनका लागि लड्दा बस्नु परेको बताए ।

एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

एकीकरणपछि जारी गरिएको प्रेस विज्ञप्तिमा नाउपाका नेता रेशम चौधरी र नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले हस्ताक्षर गरेका छन् । एकीकरणपछि पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी रहने छ । त्यस्तै महाधिवेशनसम्म झण्डा, चुनाव चिह्न, छाप र विधान नागरिक उन्मुक्ति पार्टीकै हुनेछ ।

aki

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७