माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने


१५ श्रावण २०८०, सोमबार
Mao meeting 2 1 scaled

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले पनि केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने भएको छ ।
आज (सोमबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने निर्णय गरिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

‘बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिने ,बैठक लाइभ गर्ने निर्णय भएको छ’, शर्माले भने । यसअघिको बैठक लाइभ हुने गरेको थिएन । यसअघि, सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७