माओवादी केन्द्रीय समिति बैठक आजदेखि, प्रत्यक्ष प्रशारणको तयारी


१७ श्रावण २०८०, बुधबार
mao
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज (बुधबार) बाट सुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् ।

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगगठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन् । बैठकले सरकारको काम कारबाहीका बारेमा पनि समीक्षा गर्नेछ ।

बैठकमा ३८५ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी १०० जना सहभागी हुनेछन् । बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिए । माओवादीले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण गर्ने तयारी गरिएको छ ।

बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि धारणा राख्ने गरी कार्यक्रम तय भएको उनले बताए । बैठकको कार्यसूची लगायतलाई पूर्णता दिन आज बिहान माओवादीको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७