पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी


१७ श्रावण २०८०, बुधबार
mao cm scaled

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) जारी छ । माओवादीले १३ महिनापछि आज केन्द्रीय समितिको बैठक बस्दैछ । त्यसअघि पदाधिकारी बैठक बसेको हो ।

काठमाडौंस्थित प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुने केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल गर्न पेरिसडाँडामा पदाधिकारी बैठक बसिरहेको हो । केन्द्रीय समिति बैठकको सुरुमा महासचिव देव गुरुङले एजेण्डा प्रस्तुत गर्नेछन् । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।

Mao padadhikari

केन्द्रीय समिति बैठकका लागि गत सोमबार बसेको माओवादी पदाधिकारी बैठकले केही एजेण्डा तय गरिसकेको छ । जसअनुसार नेताहरूको जिम्मेवारी बाँडफाँट, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, सदनलगायत एजेण्डा छन् ।

बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १०० जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जनाले भाग लिने माओवादी केन्द्रले जनाएको छ । यसअघि २०७८ पुसमा भएको महाधिवेशनपछि २०७९ असारमा पहिलोपटक माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बसेको थियो । जसले पार्टी महासचिवमा देव गुरुङलाई चयन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७