गोर्खाली जनताले मलाई जिताउँछन् : डा. बाबुराम भट्टराई


६ कार्तिक २०७४, सोमबार

गोरखा : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोर्खाली जनताले पुनः एकपटक आफुलाई जिताउने बताएका छन् । सोमबार पत्रकारहरूसँगको कुराकानी गर्दे आफू अर्थमन्त्री र प्रधानमन्त्री हुँदा आफुले गोरखामा रोपेको विकास र समृद्धिको विरुवा हुर्काउनका लागि आफुलाई जिताउनेमा ढुक्क रहेको बताएको हो ।

baburam 7
भट्टराईले सेवा गर्ने मौका दिनेमा विश्वस्त रहेको बताएका छन् । ‘गोर्खाली जनताले दुइचोटी चुनाव जिताएपछि म अर्थमन्त्री र प्रधानमन्त्री भए । जतिबेला गोरखामा रोपेको विकासको मोडललाई हुर्काएर नयाँ सन्देश दिनु छ ।’ उनले भने, ‘म अर्थमन्त्रीरप्रधानमन्त्री हुँदा बुढीगण्डकी, सेतीमर्स्याङ्दी जस्ता ठूला जलविद्युत आयोजना, उत्तर–दक्षिण महत्वका सडक, मध्यपहाडी लोकमार्ग निर्माण लगायतमा योगदान गरे । अब त्यसलाई पूर्णता दिँदै नयाँनयाँ विकास र समृद्धिका काम गर्नेका लागि गोरखाको क्षेत्र नम्बर २ बाट मेरो उम्मेदवारी हो ।’
यस्तै उनले अहिलेको शासन प्रणाली देश विकासका लागि बाधक बनेको जिकिर गरे । उनले देशको दिगो विकास र स्थिरताका लागि संविधान संशोधन गरेर जननिर्वा्चित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने दोर्होयाए ।
उनले अहिलेको निर्वाचन प्रणालीले कसैको बहुमत नआउने पनि स्पष्ट पारे । संयोजक भट्टराईले ‘सबैका लागि समृद्धि’ निर्माण गर्नका लागि पनि अहिलेको शासकीय स्वरुप फेर्नुपर्ने धारणा राखे ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७